पोखरा आइटीएफ जे ३० टेनिस दोश्रो सर्किटका खेल जारी

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगल्सतर्फ पहिलो चरणको खेल जारी रहेका छन् भने डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ ।

बुधबार ब्वाइज सिंगल्सतर्फ भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भारतका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे ।

ब्वाइज डबल्सतर्फ नेपालका आयुष्मान हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६–२,६–३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४,६–२ ले पराजित गरे ।

गर्ल्स सिंगल्सतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७–५,६–० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६–४,२–६ र ६–२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७–५,५–७ र ७–६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३–६,७–६ र ६–३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७–६,६–४ ले पराजित गरिन् ।

गर्ल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्याण्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अगाडी बढेका छन् ।

फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष लोक गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close