
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका हक्की संघको अध्यक्षमा यमन रसाइली चयन भएका छन् ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबार सम्पन्न भेलाले रसाइलीलाई अध्यक्षमा चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा नानु गुरुङ, सचिवमा समिक्षा पुन र सोनु बराल चयन भएको कास्की जिल्ला हक्की संघका अध्यक्ष हित कुमार गुरुङले जानकारी दिएका छन् ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार समेतको उपस्थितीमा सम्पन्न भेलाले कार्यसमिति सदस्यमा प्रेमा परियार र प्रेम विकलाई चयन गरिएको जनाइएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार विशेष खेलकुद संघ बाहेक अन्य खेलकुद संघहरुको तिनवटा पालिकाहरुमा अनिवार्य खेलकुद संघ गठन गर्नुपर्ने प्रावधान अनुसार हक्की संघले सो अभियानलाई अघि बढाएको हो ।
