
पोखरा स्पोर्टस । सुदुर पश्चिम प्रदेशले् विभागिय टोली नेपाल पुलिस क्लव संग पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटमा सनसनीपूर्ण जित दर्ता गर्दा मधेश प्रदेश नेट रनरेटका आधारमा मधेश प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार भएको खेलमा १५९ रनको लक्ष्यलाई सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । सुदुरले आफ्नो पारीमा १६२ रन बनायो । सुदुरले ४ विकेटले पुलिस विरुद्ध खेल जित्यो ।
आजको खेल जितेको सुदुर र नेपाल पुलिस भने दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । ग्रुप सि मा रहेका तिन वटै टोलीको बराबर अंक रहेको छ । मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको ३.२२९ छ । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो भने मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।
सुदुर पश्चिमका खेलाडी छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका किरणले चार चौका र २ छक्काको मद्धतले नटआउट रहँदै ५१ रन बनाए । छैटौं र सातौं नम्बरमा आएका किरणर नरेन साउदले उत्कृष्ट पारी खेल्दै ९३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारी नै जिका लागि बाटो खुल्यो । नरेनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरि ३९ बनाए । उनी नरेन रसिद खानको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए । सुदुरका लागि नारायण जोशीले ७ बलमा १७ रन प्रहार गरि विभागिय टोली विरुद्ध जित शुनिस्चित गरे ।
पुलिसका लागि राशिद खानले ३ विकेट लिए भने सुनिल धमला र सागर ढकालले समान १–१ विकेट हात पारे ।
टस जितेर पारीको सुरुवात गरेको नेपाल पुलिस क्लवका लागि ओपनर कुशल भुर्तेलले ५१ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरि ६७ रन बनाए । अर्का ओपनर सुनिल धमलाले दुईचौका र दुई छक्काको सहयोगमा ४० बलमा ४२ रन जोडे । उनी बसन्त खत्रीको बलमा आउट भए । पहिलो विकेटको लागि भुर्तेल र धमलाले १०४ रनको शतकीय साझेदारी गरेका थिए । धमला व्यक्तिगत ४२ रनमा पेभेलियन फर्किए । खेलमा २ छक्का प्रहार गरेका अर्जुन साउद व्यक्तिगत २० रनमा आउट हुन पुगे । करन केसीले तीन बल खेल्दै ७ रन बनाउने क्रममा एक छक्का हिर्काउँदै नटआउट रहे । खेलमा विकास आग्रीले २ विकेट लिए ।
उक्त खेलमा सुदुरका किरण ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भए ।
