अन्तर्राष्ट्रिय जुनियर टेनिस जे–३० सोमबारबाट, विभिन्न देशका सय बढि खेलाडी पोखरामा

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वर्ल्ड टेनिस टुर जे–३० “ITF WORLD TENNIS TOUR J30 POKHARA 2023”  पोखरामा सोमबारबाट हुने भएको छ ।

दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता हुनेछ । यो प्रतियोगिता विश्वभर सञ्चालन हुने गरेको छ । नेपालमा सन २०१७ बाट सुरु भएको हो भने पोखरालाई केन्द्रित गर्दै सन २०१८ मा सुरु भएको हो ।

पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चिनबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा सहभागि हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ड अफ सिक्सिटिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । उनले भने–“यो प्रतियोगिता नेपाली खेलाडीहरुका लागि महत्वपूर्ण छ । वरियता अंक प्राप्त गर्न आफ्नै देशमा आयोजना हुने यस प्रकारका प्रतियोगिता मार्फत खेलाडी उत्पादन संगै उनीहरुलाई अन्तर्राष्ट्रियस्तरका खेलमा अभिवृद्धि गर्न सहयोग पुग्ने छ ।”

आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना दुई साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए ।

एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २५ लाख खर्च लाग्ने गरेको संघ कास्कीका कोषाध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए । सो अवसरमा कास्की टेनिसका सचिव नविन श्रेष्ठले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close