केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा, पूर्व प्रम ओली पोखरा आउँदै

पोखरा स्पोर्टस । पोखरामा यहि मंसिर ७ गतेबाट सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’को तयारी पुरा भएको छ ।

उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी पुरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी ओली शर्माले गर्ने तय भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाले जानकारी दिएको छ ।

मङ्सिर १५ गते सम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरीको एपीएफ क्लव तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरि १२ टिमको सहभागीता हुने छ । खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।

प्रतियोगितामा उपाधि विजेता टिमले प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट ब्याटर र बलरले जनही नगद २०/२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिश्पर्धाहरु आयोजना गरीरहेको जानकारी दिंदै अध्यक्ष आचार्यले यस प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकास संगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष राजेश कुमार गुरुङ, उपमहासचिव सूवर्ण श्रेष्ठ, एकेडेमी अन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले समेत आफ्ना भनाई राख्दै प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close