
पोखरा स्पोर्टस । टाईगर ग्रुप अफ पोखरा नेपाल–जापान शाखाको सोमबार सम्पन्न प्रथम बैठकले श्रीभक्त गुरुङलाई संरक्षकमा मनोनयन गरेको छ ।
जापानमा हालै गठन भएको शाखाको प्रथम बैठकले उनलाई संरक्षमा मनोनयन संगै रिक्त पदमा पदपुर्ती गरि सम्पन्न भएको उपाध्यक्ष नविन कुमार गुरुङले जानकारी दिएका हुन् ।
संरक्षकमा मनोनय भएका गुरुङ पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष समेत् हुन् ।
शाखाका अध्यक्ष चन्द्र खत्रीको अध्यक्षतामा भएको बैठकले सह कोषाध्यक्षमा छम खत्री र कार्यसमिति सदस्यमा केशव सुबेदीलाई मनोनयन गरेको छ ।
सम्पन्न बैठकले सल्लहाकारमा विजेश थकाली, बिनोद शेरचन, दडिवल खड्का, राम खड्का, पदमपानी चापागाई र रत्न सिह बस्नेतलाई मनोनययन गरेको शाखाका सचिब भिक्टर ठाडा मगरले पोखरा स्पोर्टसलाई बताए ।
यसै गरि बैठकले भलिवल प्रतियोगिताको तयारी समेत सुरु गर्ने गरि बैठकमा प्रारम्भिक छलफल भएको जानकारी दिंदै उपाध्यक्ष गुरुङले आगामी एक महिना पछि बस्ने कार्यसमितिको पूर्ण बैठकले मिति समेत घोषणा गर्ने बताए ।
