नेपालगञ्ज म्याराथन कन्क्लेभमा बौद्धिक मन्थन, कन्केलभको चर्चा बढि, म्याराथनको कम !

पोखरा स्पोर्टस ।  पछिल्लो समय खेलकुद्प्रेमीको साथ, सहयोग र शुभेच्छाले धारा नेपालगन्ज म्याराथन एउटा स्थापित राष्ट्रियस्तरको म्याराथन बन्दैगइरहेको छ । नेपालगन्ज म्याराथनले पश्चिम नेपालको खेल–पर्यटनको प्रबर्द्धनसमेत गरिरहेको छ । म्याराथनलाई भब्यता बढाउन कन्क्लेभ समेत जोडिएको हो ।

नेपालगन्ज कन्क्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउने निर्णय गरैको आयोजक कृयटिभ ह्याण्डसले जनाएको छं । नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा नेपालगन्ज कन्क्लेभलाई म्याराथनको बौद्धिक वार्मअप रुपमा लिएको अध्यक्ष टिएस ठकुरीले बताएका छन् । उनले भनेका छन्–“यो कन्केलेभमा जहाँ खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुनेछ ।”

यसवर्षको नेपालगन्ज कन्क्लेभ नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन ८ मंसिर २०८० मा आयोजना हुनेछ । ९ मंसिरमा म्याराथनको नवौं संस्करण हो ।

नेपालगन्ज कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुनेछन् । कन्क्लेभमा अभिनेता राजेश हमालसँग समाज, सिनेमा र साहित्यबारे विशेष संवादसमेत हुनेछ ।

कन्क्लेभका सत्रहरु
१. पश्चिम नेपाल: उद्यमशीलता, पर्यटन र रोजगारी
प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप)
दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक: नेपाल उद्योग परिसंघ)
गोपी हमाल, मेयर धनगढी उपमहानगरपालिका
सेवा पाठक, सिइओ: भायानेट
मोडरेटर: डा. ओम मिश्र (प्रबन्ध निर्देशक, मेरो प्लानेट)

२. खेलकुदसँग टुटेको कडी: शिक्षा, स्वास्थ्य र खेलकुद्
चुडामणि पौडेल (प्रमुख सचिव, कर्णाली प्रदेश)
शशी स्वाँर (स्कुल सञ्चालक, एबीसी स्कुल)
डा विकास नेपाल (मुटुरोग विशेषज्ञ)
सन्तोषी श्रेष्ठ (एथलिट, स्वर्ण पदक विजेता १३ औं दक्षिण एशियाली खेलकुद)
मोडरेटर ः प्रकाश तिमल्सिना (सम्पादक हाम्रो खेलकुद डट कम)

३. आकाश धर्ती बराबरी: महिला सशक्तीकरण
क्या. भावना पन्त (नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा पहिलो पाइलट)
पूर्णिमा श्रेष्ठ (पर्वतारोही, सगरमाथा, माउन्ट केटु, धौलागिरी, अन्नपुर्ण, अमादब्लम, मनास्लु)
श्रृच्छा प्रधान (मिस नेपाल वर्ल्ड २०२३)
पार्वती थापा (पहिलो नेपाली महिला ओलम्पियन)
मोडरेटरः मोहना अन्सारी (पुर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोग)

४. नेपाली आख्यान:  के पढ्ने के लेख्ने
नयनराज पाण्डे (साहित्यकार लेखक– उलार, यार, सल्लीपिर)
सुविन भट्टराई (साहित्यकार, लेखक–समर लभ, साया, सुफी, इजोरिया)
विवेक ओझा (साहित्यकार, लेखक– ऐंठन(मदन पुरस्कार विजेता)
सुरक्षा पन्त (अभिनेत्री)
मोडरेटर ः जनक नेपाल (सम्पादक, शिलापत्र डट कम)

५. स्वदेशमै सम्भव छ: युवा उद्यम र रोजगार
उपासना पौडेल (सिइओ, हिमालय रिइन्स्योरेन्स)
सहारा जोशी (अध्यक्ष, युवा उद्यमी संघ)
तिर्थ थापा (डाइरेक्टर, डल्फिन ग्रुप)
सचिन ढकाल (आईएमइ ग्रुप)
मोडरेटर: डा. नितेश कनोडिया (निर्देशक, नेपालगन्ज मेडिकल कलेज)

६. अभिनेता राजेश हमालसँग संवादः समाज, सिनेमा र साहित्य
मोडरेटर:केशव सिग्देल (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

क्रियटिभ ह्याण्ड्स आयोजक रहेको कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले सहआयोजकका रुपमा सहकार्य गरेको छ । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष डा नितेश कनोडियाबीच कनक्लेभ आयोजनामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।

क्रियटिभ बुक्स महत्वपूर्ण साझेदारका रुपमा छ भने कार्यक्रमको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्नेछ ।

विचार मन्थनको थलो नेपालगन्ज कन्क्लेभलाई सफल पार्न खेलकुद्प्रेमी, समाजका प्रबुद्ध व्यक्ति, शिक्षक–विद्यार्थी, उद्योगपति, साहित्यकार, पत्रकारहरु र सम्पूर्ण बाँकेबासीको विगतमा झै महत्वपूर्ण योगदान रहने जनाइएको छ । संस्थाले भनेको छ–“त्यसैले पनि नेपालगन्ज कन्क्लेभले पश्चिम नेपालमा बहसको नयाँ अध्याय अघि बढाउनेछ भन्नेमा हामी आशावादी छौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close