लामाचौर कप फुटबल : सेमिफाईनलमा पुग्ने टिमको टुङ्गो

पोेखरा स्पोर्टस। एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा र कास्की जिल्ला फुटवल सघंको समन्वयमा पोखरा १९ लामाचौर फुटबल मैदान, गोष्ते घाटमा जारी फुटबल प्रतियोगितामा बिहिवार अन्तिम चार टिमको टुंगो लागेको हो ।

आज सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा एलजी एशोसियशनले गण्डकी स्पोट्र्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ। एलजी एशोसिएशनका लागी खेलको पहिलो हाफको अन्तिम मिनेटमा अनिष तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रोे हाफको ५१ औं मिनेटमा गण्डकी स्पोर्टस ध्रुव धिमिरेले गोल गर्दै खेल बराबरीमा ल्याए । प्रतिस्प्रधात्मक बनेको खेलको ६५ औ मिनेटमा एलजीका अनुज भण्डारीकोे उत्कृष्ट फिनिसिङ गोल संगै एलजी एशोसियशनले फाईनलको यात्रा तय गरेको हो । टिमकोलागी निर्णायक गोल गर्ने एलजीका अनुज भण्डारी म्यान अफ द म्याच घोषित भए।

आजको चौथो तथा अन्तिम क्वाटरफाईनल खेलमा एन टु कफि सप, टॅुडिखल पोखराले ढिकुर पोखरी सञ्जाल, नौडाँडामाथि ३-१ को सहज जित निकाल्न सफल भयो । एन टु कफि सपका लागी कुल तामाङले खेलको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ढिकुरपोखरीका अस्विन गुरुङले पहिलो हाफको १५औं मिनेटमा बराबरी गोल फर्काए ।

पहिलो हाफ बराबरीमा रहेको खेलको दोस्रो हाफको ५९औं मिनेटमा एन टु कफी सपका रोशन मगर र ६७ औं मिनेटमा सिमोन तामाङले एकएक गोल गर्दै टिमको लागी सेमिफाईनलको यात्रा सुनिस्चित गराए । एन टु कफि सपका नकुल तामाङ म्यान अफ द म्याच हुन सफल भए।

फाईनल प्रवेशका लागी भोली पहिलो खेलमा शितल ज्योती युवा क्लब, शितलादेवी र एलजी एशोसियशन, लालिगुँरास टोल भिड्नेछन्। त्यसतै फाईनल दौडको दोस्रो सेमिफाईनल खेल आदर्श युवा क्लब, भण्डारढिक, सैनिक वस्ती र एन टु कफि सप, टुँडिखेल पोखरा बिच हुनेछ।

प्रतियोगिता सञ्चालन भैरहेको लामाचौर फुटबल मैदान कास्की जिल्लामा पोखरा रंगशाला पछि पुर्ण मापदण्ड अनुसार रहेको दोस्रो फुटबल मैदान हो, यस खेल मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतका फुटवल खेलहरु समेत सम्पन्न भैसकेका छन् ।

कार्तिक १९ देखी सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ। खेलको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगिताको फाईनल खेल कार्तिक २५ गते शनिवार गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close