राखेपद्वारा भूकम्प पीडितलाई सहयोग

पोखरा स्पोर्टस । जाजरकोट केन्द्रविन्दु बनाएर यहि कात्तिक १७ गते शुक्रबार राती गएको भुकम्पबाट पुगेको मानविय क्षति प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गरेको छ ।

साथै भुकम्प पीडित परिवारलाई राहत उपलव्ध गराउन परिषद्ले पदाधिकारी तथा कर्मचारीहरुको एक दिनको पारिश्रमिक वापतको रु ९ लाख ६० हजार ६८ रुपैयाँ ९४ पैसा उपलव्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आइतबार बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बरावरको पारिश्रमिक वापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा परिषद्का उपाध्यक्ष शिव कोईराला, सदस्यहरु, विभागीय प्रमुख, शाखा प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकले भूकम्प परि ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक श्रद्धन्जली अर्पण गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदन व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close