
पोेखरा स्पोर्टस । एसियन क्वालिफायर्स टि–२० क्रिकेट फाइनलमा नेपाल पराजित भएको छ ।
ग्रुप ‘ए’को अन्तर्गतको फाइनलमा सुपर ओभरमा नेपाल पराजित हुन पुगेको हो । निर्धारित २०–२० ओभरको खेलमा दुवै टिमले समान १८४ रन बनाए पनि खेल सुपर ओभरमा पुगेको थियो ।
नेपाल फाइनलमा पराजित भए पनि टि–२० विश्वकपमा भने यस अघि नै स्थान शुरक्षित गरिसकेको छ ।
सुपर ओभरमा ओमानले नेपाललाई दिएको २२ रनको लक्ष्य भेट्टाउन सकेन । नेपालले १ विकेट गुमाउँदै १० रन मात्रै जोड्न सक्यो ।
नेपालले टस जितेर ब्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतीमा १८४ रन बनाएको थियो । गुल्शन झाले २५ बलमा अर्धशतकिय पाली खेल्दै चार छक्का र ५ चौकासहित ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको नेपालले रोहित र गुल्शनको जोडीले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन, करन केसी २० रनमा अविजित रहे ।
यता ओमानका बिलाल खानले ३ विकेट लिएका थिए भने अकिब इल्यासले पनि २ विकेट हात पारे ।
ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाउँदा अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन जोड्न सफल भएका थिए ।
नेपालका लागि सन्दिप लामिछाने र करन केसीले समान २–२ विकेट हात पारे भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहरा र विवेक यादवले समान १–१ विकेट हात पारे ।
