भलिबल रेफ्रिहरुलाई नविकरण गर्न १५ दिनको समय थप

संघको सातौं बैठक र रेफ्रिहरुको राष्ट्रिय भेला पोखरामा हुने

पोखरा स्पोर्टस । नेपाल भलिबल संघले रेफ्रि अभिलेखिकरण नविकरण गर्न छुट भएका रेफ्रिहरुलाई १५ दिनको समय थप गर्ने भएको छ ।

संघको काठमाण्डौमा सम्पन्न छैटौं पूर्ण बैठकले सो विषयमा निर्णय गर्दै छुट भएका रेफ्रिहरुलाई १५ दिनको समय दिने भएको हो । संघका उपाध्यक्ष याम गुरुङदे पोखरा स्पोर्टसलाई जानकारी दिए अनुसार केही जिल्लामा उत्पन्न समस्याका कारण संघले समय थप गर्ने विषयमा लचकता अपनाउँदै जरिवाना शुल्कसहित नविकरणका लागि मौका दिने बताए ।

संघले यस अघि भदौ १५ गते सम्म नविकरणका लागि समय दिएको थियो । तर स्याङजा जिल्लाका रेफ्रिहरु प्राविधिक कारणले नविकरणबाट छुटेका थिए । तर संघले देशभरि नै छुट भएका रेफ्रिहरुलाई नविकरणका लागि पुनः एक पटक अवसर दिएको उपाध्यक्ष गुरुङले जनाए ।

यसै गरी बैठकले आगामी माघ ५ गते पोखरामा नेपाल भलिबल संघको सातौं पूर्ण बैठक बस्ने निधो गरेको छ भने भलिबल रेफ्रिहरुको राष्ट्रिय भेला आगामी माघ ७ गते पोखरामा नै गर्ने निर्णय गरेको उपाध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close