
पोखरा स्पोर्टस । नेपाल टि–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ । काठमाण्डौमा सम्पन्न संयूक्त अरब इमिरेट्स (यूएई) लाई सेमीफइनलमा ८ विकेटले पराजित गर्दै टि–२० विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
आगामी टी–२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म अमेरिका र वेष्टइन्डिजमा आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट देशका टोली सहभागी हुनेछन् ।
मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा टस जितेर मैदानमा उत्रिएको यूएईलाई १३४ रनमा रोक्न सफल भएको नेपालले आफ्नो लक्ष्य १७.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
१३५ रनको लक्ष्य पछ्याएको नेपालले शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए ।
खेलमा नेपालले २६ रनमा पहिलो विकेट गुमाएको भए पनि तेस्रो विकेटका लागि भएको ६८ रनको साझेदारीले नेपालले सहज जित दर्ता गर्न सफल भयो ।
सम्पन्न खेलमा नेपाली स्पीनरहरु कुशल मल्ल सन्दीप लामिछानेले उत्कृष्ट वलिङ गर्दै युएई लाई रोकेका थिए । कुशलले ३ र सन्दीपले २ तथा सोमपाल कामी र रोहित पौडेलले समान एक–एक विकेट लिए
नेपालले फाइनलमा ओमान विरुद्ध खेल्ने छ ।
