काठमाण्डौबाट बुलेट राइड बागलुङको ढोरपाटन सम्म

पोखरा स्पोर्टस । आन्तरिक पर्यटनका प्रवर्द्धनका लागि बुलेट राइड बिहिबार काठमाण्डौबाट प्रस्थान गरेको छ ।

बुलेट राइडका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष तिन वटा राइड हुने गरेकोमा यस वर्ष गण्डकी प्रदेशको पर्यटकिय गन्तव्य बागलुङको ढोरपाटन सम्म हुन लागेको हो । सो कार्यक्रमको संयोजन बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) ले गर्दै आएका छन् ।

दशैंबिदाको सदुपयोग गर्दै यस वर्षसुरु भएको बुलेट राइड १५ गते सम्म सञ्चालन हुनेछ । सो बुलेट राइड कार्यक्रम अन्तर्गत ४५ वटा बुलेट बाईकहरू सहभागि छन् ।

काठमाडौंदेखि ढोरपाटन शिकार आरक्षसम्मको ६ दिने राईडमा पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाचौं दिन पोखरामा र छैठौं दिन पोखरादेखि काठमाडौ पुगेर सम्पन्न हुनेछ ।

यस भन्दा अघि सो यात्रा नेपालका विभिन्न पूर्वी भाग हुँदै भारतको सिक्किम गान्तोक सम्म पुगेर फर्किएको थियो । सोही राईडको निरन्तरता स्वरुप यस पटक काठमाण्डौ–ढोरपाटन सम्म हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close