
पोखरा स्पोर्टस । गैर आवाशिय नेपाली संघ (एनआरएनए) संग सम्वन्धित विभिन्न देशका प्रतिनिधीहरुलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ ।
पोखरामा खेलकुद र सामाजिक विकासको क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले एक कार्यक्रम गरी बिदाई गरेको हो । हालै एनआरएनए आइसिसीको निर्वाचनका लागि स्वदेश आएको टोलीलाई संस्थाले बिदाई गर्दै खेलकुद र सामाजिक विकासको अभियानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
कमल गुरुङ टाइगर ग्रुप युकेको संयोजक
यसै विच टाइगर ग्रुपले संस्थाको संयोजकको रुपमा तमु धिं युकेका उपाध्यक्ष एवं पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी कमल गुरुङलाई तोकेको छ । गुरुङ खेलकुद संगै सामाजिक विकासको अभियानमा कृयाशिल छन् । उनी नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य, पोखरेली मञ्च युके लगायत विभिन्न सामाजिक तथा खेलकुद संस्था संग आवद्ध छन् ।
टाइगर ग्रुपले एनआरएनए आइसिसीका नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचन, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, तुम धिं जापानका अध्यक्ष रमेश कुमार गुरुङ, तमु धिं युकेका उपाध्यक्ष कमल गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछाने, नमस्ते व्याण्डका संस्थापक इश्वर गुरुङ, तमुधि युकेका सदस्य सूर्य गुरुङलगायतलाई बिदाई गरेको हो ।
कार्यक्रममा एनआरएनए युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, तमु धिं जापानका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, तमु धिं युकेका सदस्य भोज गुरुङलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै एनआरएनए आइसिसीका उपाध्यक्ष शेरचनले यस क्षेत्रको खेलकुद विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । एनआरएनए आइसिसीको छुट्टै खेलकुद विभाग रहेको बताउँदै खेलकुद विभाग मार्फत यहाँको खेलकुदको विकासका लागि आवश्यक्ता अनुसार सहयोग अघि बढाउने बताउँदै उनले भने–“मैले विगतमा समेत टाइगर ग्रुपलाई सहयोग गर्ने मन बनाएको थिंए । तर अवसर मिलेको थिएन । चौथो टाइगर कपका लागि मेरो तर्फबाट सहयोग रहनेछ ।”
सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष अध्यक्ष हितकाजी गुरुङले एनआरएनए टोलीलाई यसरी स्वागत संगै बिदाई गरेकोमा आभार व्यक्त गर्दै चौथो टाइगर कप भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार राशी सहयोग गर्ने घोषणा गरे । “टाइगर ग्रुपले निकै राम्रो काम गरेको छ । यहाँहरुको हौसला बढाउन प्रथम पुरस्कार राशीको घोषणा गर्न चाहन्छु,”–उनले भने ।
एनआरएनए टोलीलाई टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिवी नेपाली लगायत संस्थाका सदस्यहरुले खादा तथा मायाँको चिनोका साथ स्वागत संगै बिदाई गरेका थिए ।
संस्थाका अध्यक्ष शर्माले टाइगुर ग्रुपले आफ्नो संस्थाको स्थापना भए संगै विगत चार वर्ष देखि निरन्तर रुपमा खेलकुद र सामाजिक अभियानमा कृयाशिल रहेको बताउँदै टाइगर कपबाट बचत भएको रकम शिक्षा, स्वास्थ्य र समाजसेवाका लागि खर्चिदैं आएको बताए । उनले स्वदेश तथा विदेशमा बस्ने तमाम शुभचिन्तकका कारणले नै प्रतियोगिता सफल बनाउन सहयोग रहेको प्रति आभार व्यक्त गर्दै चौथो संस्करणका लागि समेत सहयोगका लागि आग्रह गरे ।
यसै विच टाइगर ग्रुपले संस्थाको संयोजकको रुपमा तमु धिं युकेका उपाध्यक्ष एवं पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी कमल गुरुङलाई तोकेको छ । गुरुङ खेलकुद संगै सामाजिक विकासको अभियानमा कृयाशिल छन् । उनी नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य, पोखरेली मञ्च युके लगायत विभिन्न सामाजिक तथा खेलकुद संस्था संग आवद्ध छन् ।