
पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालले संस्थाका वरिष्ठ सदस्य तथा रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराई लाई बिदाई गरेको छ ।
आफ्नो पारिवारिक भ्रमणका लागि क्यानाडा प्रस्थान गर्नु अघि भट्टराईलाई आइतबार ग्रुपले बिदाई गरेको हो । ग्रुपका अध्यक्ष एवं पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं ग्रुपका सदस्य धोज कुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिवी नेपालीले उनलाई बिदाई गरेका थिए ।
रेवान पोखराका अध्यक्ष तथा सफल पर्यटन व्यवसायी भट्टराई श्रीमती सौ मायाँ गुरुङ भट्टराईसहित क्यानाडा प्रस्थान गर्न लागेको ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए । शर्माले उनलाई बिदाई गर्दै सफल एवं शुखद यात्राको शुभकामना समेत दिएका छन् ।
टाइगर ग्रुपले आयोजना गर्ने चौथो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता आगामी माघ १ गते देखि ६ गते सम्म पोखरा रंगशालामा सञ्चालन गर्ने तय गरिसकेको छ ।
