
पोखरा स्पोर्टस । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल अष्ट्रेलियाको मेलवोर्नमा आयोजना भईरहेको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाईनलमा पराजित भएका छन् ।
प्रिन्स सेमिफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा न्यूजिल्याण्डका इडवार्ड लाउ संग १३– २१, ११–२१ ले पराजित भएका हुन् । क्वाटरफाईनल सम्मको यात्रा तय गर्ने क्रममा बिश्व जुनियरको शिर्ष स्थानमा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जौ लाई २१–१०, २१–६ ले पराजित गरे ।
यस्तै राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्द लाई २१–११, २१–१६ ले तथा प्रिक्वाटरफाईनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइ लाई २१–१८, १२–२१, २१–१४ ले पराजित गरेको शाहले जानकारी गराएका छन्।
पुरुष एकल तर्फकै अर्को खेलमा हालै भएको तेश्रो प्रधानमन्त्री कपमा प्रिन्सलाई पराजित गरेर सनसनी मच्चाएका प्रफुल महर्जन प्रिक्वाटरफाईनलमा जापानका शोता ओमोतो संग ९–२१, १२–२१ ले पराजित भए । यस अघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए । यस्तै उनले प्रिक्वाटरफाईनलको यात्रा तय गर्ने क्रममा अष्ट्रेलियाका केथ मार्क एडिशनलाई २०–२२, २१–१५, २१–१५ ले पराजित गर्न सफल भएका थिए ।
महिला युगल तर्फ वाई पाएर सिदै क्वाटरफाईनल पुगेका नङ्गशल तामाङ्ग र अनुमाया राईको जोडी क्वाटरफाईनलमा अष्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडी संग ७–२१, १४–२१ ले पराजित भए ।
पुरुष युगल तर्फ प्रिन्स र बिष्णुको जोडी प्रिक्वाटरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्या संग ८–२१, १७–२१ ले पराजित भए । प्रिन्स र बिष्णुको जोडी राउण्ड अफ ३२ मा अष्ट्रेलियाका हुईदोङ्ग ताङ्ग र जिउल झि लाई १०–२१, २२–२०, २१–१९ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गर्न सफल भएका थिए ।
पुरुष एकलमा बिष्णु कटुवाल आफ्नो पहिलो खेलमा अष्ट्रेलियाका रियो अगुष्टिनो संग ९–२१, ९–२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अष्ट्रेलियाकी भिक्टोरिया छोनादी संग १६–२१, १६–२१ र नङ्गशल तामाङ्ग अष्ट्रेलियाकी टिफानी हो संग ७–२१, ८–२१ ले पराजित भएका थिए ।
