दुई पदक सहित फर्कियो नेपाली टोली, पदक प्राप्त खेलाडीलाई भब्य स्वागत

पोखरा स्पोर्टस । मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये करातेमा रजत र महिला कबड्डीमा काश्य सहित दुई पदक जित्न सफल भएको हो । करातेमा एरिका गुरुङ्गले रजत र महिला कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।

विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राजनितिक दलका नेताहरु ल्गायतले स्वागत गरेका थिए ।

खेलाडीहरुलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरि राष्ट्रिय खेलकुद परिषद्मा विशेष कार्यक्रमका विच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close