
पोखरा स्पोर्टस । पश्चिमाञ्चाल क्षेत्रिय खेलकुद पोखरामा कार्यरत प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनालाई बिदाई गरिएको छ ।

क्षेत्रिय खेलकुद पोखराले एक कार्यक्रम आयोजना गरि उनको बिदाई गरेको हो । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेको खेलकुद विज्ञान प्रतिष्ठन (सान)मा सुरुवा भएका छन् । करिव २९ वर्षे जागिरे जिवनमा २६ वर्ष निरन्तर क्षेत्रिय खेलकुदमा रहेका उनले सानमा निर्देशकको पद सम्हाल्ने भएका हुन् ।
बिदाई कार्यक्रममा आफ्ना भनाई राखेप सदस्य राजेश कुमार गुरुङले खेलकुदमा लामो अनुभव बोकेको हुनाले तिमिल्सिनाले सानमा रहेर नेपाली खेलकुदको विकासमा योगदान दिनेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा तिमिल्सिनाले आफ्नो क्षमताले भ्याए सम्म सदैव खेलकुदको विकासमा कार्य गर्ने प्रतिवद्धता जनाउँदै खेलकुदमा ‘क्वालिटि र क्वान्टिटी’ कुन विषयमा प्राथमिकता दिने भन्ने बारे मुल्याङ्कन आवश्यक रहको बताए । आफ्नो २९ वर्षे लामो खेल जिवनमा पोखराले धेरै कुरामा फड्को मार्न सहयोग गरेको उल्लेख गर्दै खेलकुदलाई बदलिंदो परिस्थती संग जोड्ने विषयमा आफूले प्राथमिकतामा राख्ने बताए ।
क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा लेखा प्रमुख डिवी नेपालीलगायतले बोलेका थिए ।
