नेपालकी एरिका लाई कराँतेमा रजत, फाइनलमा पराजित

पोखरा स्पोर्टस । नेपालकी एरिका गुरुङले करातेमा रजत पदक जितेकी छन् ।

चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा एरिका कजाकस्तानकी सोफ्या बेर्लुत्सेभा संग पराजित हुँदै रजत पदक जितेकी हुन् । एरिकाले ६८ केजी तौल भन्दा माथीको प्रतिस्पर्धामा ३–० ले पराजित भएकी हुन् ।

यस अघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्न सफल भएकी थिइन् भने क्वाटर फाइनलमा जापानी खेलाडीलाई पाखा लगाएकी थिइन् ।

नेपालले यो सहित दुई पदक जितेको छ । नेपाली महिला कबड्डी टिमले काश्य पदक जित्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close