कराँतेतर्फ एरिका गुरुङ फाइनलमा, पदक पक्का

पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपाल थप एक पदकको नजिक पुगेको छ ।

नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरे संङ्गै नेपाल थप एक पदक नजिक पक्का गरेको हो ।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी छन् ।

उनले ८–४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् ।

क्वाटरफाइनलमा जापानकी खेलाडीलाई पराजित गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close