१९ औं एसियाली खेलकुद ब्रेकिङबाट बाहिरियो नेपाल

पोखरा स्पोर्टस । हाङझाव एसियाडअन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङमा विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन् ।

पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढन नसकेका हुन् । प्रि सेलेक्सनमा कूल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा दिपक २३ औं स्थानमा रहे । दिपक भन्दा पछि ताजिकिस्तानका दुई खेलाडी रहे ।

एसियाडको डान्स स्पोर्ट्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन् । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

प्रि सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाली खेलकुदमा डान्स स्पोर्ट्स पहिलो पटक समावेश गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close