
पोखरा स्पोर्टस । चीनको हाङ्गझाउमा आयोजना भएको १९ औं एशियाली खेलकुद अन्तर्गत क्वाटरफाइनलमा पराजित भए संगै नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।
जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाली टोलीले मंगोलिया र मालिदिभ्सलाई पराजित गर्दै विश्व किर्तिमान कायम गर्न सफल भएको थियो ।
नेपाली टोली भारत संग २ सय ३ रन पछयाउने क्रममा १ सय ७९ रनमा सिमित हुन गइ क्वाटरफाईनलमा २३ रनले पराजित भएको थियो ।
नेपाली टोली पराजित भएता पनि विश्व क्रिकेटको रङ्गमञ्चमा छाउन पुगेको थियो ।
