एसियाली खेलकुद :  कराँतेमा पहिलो दिन तिन खेलाडी पराजित

पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

तीन जना खेलाडी आ–आफ्नो प्रतिस्पर्धामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।

काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close