सहारा क्लबको सल्लाहकार परिषदको अध्यक्षमा ‘सुरज’

पोखरा स्पोर्टस । सहारा क्लब पोखराको सल्लाहकार परिषदमा समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।

यसै गरि सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा. रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार गुरुङ, दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भएका छन् ।

यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ छन् ।

गत भदौ ३० गते भएको क्लबको १३ औं अधिवेशनबाट केशवराज बरालको अध्यक्षतामा निर्वाचित कार्यसमितिको बैठकले सल्लाहकार परिषद् टुंगो लगाएको हो ।

बैठकले विभिन्न ११ उपसमितिका संयोजक पनि चयन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्।

क्लबको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा भने चित्रबहादुर पुन र महासचिव रामजीप्रसाद अधिकारी, सचिव टंकराज पौडेल, कोषाध्यक्षमा बिनु राना मगर, सहकोषाध्यक्षमा अशोक लालचन, सदस्यहरुमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भएका थिए ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले दोबिल्लामा सहारा फुटबल एकेडेमी समेत संचालन गर्दै आएको छ । एकेडेमीमा हाल चौथो ब्याचका लागि विद्यार्थी भर्ना चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close