
पोखरा स्पोर्टस । चिनको होङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल दक्षिण कोरिया संग पराजित भएको छ ।
ग्रुप ‘सि’ अन्तर्गत भएको खेलमा नेपाल दक्षिण कोरिया संग ३–० को सोझो सेटमा पराजित भएको हो । दक्षिण कोरियाकी काङ सो–ह्वीको उत्कृष्ट प्रदर्शनले पहिलो सेट २५–२१ ले जित निकाल्न सफल भयो ।
कोरियाले दोस्रो सेटमा दबदबा कायम गर्दै २५–१४ ले जित्दा तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पार्दै नेपाललाई पराजय तिर धकेल्यो ।
दक्षिण कोरियाकी काङ एक्लै १९ अंक जोड्दै सर्वाधिक स्कोर गरिन् । लि सेओन–वू र प्यो सेउङ-जुले समान १०–१० अंक जोडे।
नेपालको यो दोश्रो लगातार पराजय हो । यस अघि नेपाल भयितनाम संग ३–० को सोझो सेटमा पराजित भएको थियो । यो जितसँगै दक्षिण कोरिया समूह ‘सी’ को उपविजेता बनेको छ । दक्षिण कोरियाले अब उत्तर कोरिया र चीनसँग प्रतिस्पर्धा गर्नेछ ।
