
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ समाजबादीको आयोजनामा असौज १३ देखि २३ गतेसम्म नेकोस च्याम्पियनशिप तथा खेलकुद महोत्सव २०८० अन्तर्गत यहि १३ र १४ सम्म पोखरामा योग र स्केटबोर्ड खेलको राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन भएको स्केट वोर्ड तथा स्केट बोर्डिङ खुल्लातर्फको प्रतियोगितामा कोशीका बसन्त राई च्याम्पियन भएका छन् । त्यसै गरि कोशीकै शरद कुमार राई दोश्रो हुँदा मधेश प्रदेशका अंकित यादव तेश्रो हुन सफल भए । विजेताले मेडल, प्रमाणपत्रका साथमा नगद रु ३ हजार, २ हजार र १ हजार नगद प्राप्त गरेका छन् ।
त्यसै गरि स्केटबोर्डकै प्रदेशस्तरिय पुरुषतर्फ बसन्तराई पहिलो, कोशीका शरद कुमार राई दोश्रो र कोशीकै धिरज परियार तेश्रो भए ।
प्रतियोगितामा महिलातर्फ कोशीकी समिक्षा राई प्रथम, बागमतीका अर्विन लामा द्वितिय र लुम्विनीका खुसी राई तेश्रो भइन् भने जुनियरतर्फ लुम्विनीका अभिनाष कुमाल, द्वितिय लुम्विनीकै याम बहादुर कामु र लुम्विनीका अभिषेक दर्जी तेश्रो बने ।
प्रतियोगितामा विजेता सबै प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश जनही नगद रु ३ हजार, २ हजार र १ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
बिजेता खेलाडीहरुलाई नेकोसका केन्द्रिय उपाध्यक्ष यादव बस्नेत, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, निमित्त सदस्य सचिव केशव पाठक, नेकोस समाजवादीका नेकोसका उपमहासचिव तथा नेकोस प्रतियोगिता विभागका प्रमुख अनिल रिजाल गण्डकी नेकोशका अध्यक्ष नवराज अधिकारीले नगद, प्रमाणपत्र तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा ४८ खेलाडीहरुको सहभागिता रहेको थियो ।
