
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुद अन्तर्गत नेपाली महिला ह्याण्डबल टोली चिन संग पराजित भएको छ ।
आइतबार नेपालले १९ औं एसियाली खेलकुदको आयोजक समेत रहेको चिनको सामना गरेको थियो । आफ्नो पहिलो खेल खेलेको नेपाल चिन विरुद्ध भारी गोल अन्तरले पराजयको सामना गरेको हो । चिन विरुद्ध खेलेको नेपाल ५७–१० गोल अन्तरले पराजित भएको छ ।
खेलको पहिलो हाफमा २९–५ रहेको गोल संख्या दोश्रो हाफमा चिनले थप २८ गोल नेपाल विरुद्ध गरेको थियो । यता नेपालले दोश्रो हाफमा ५ गोल फर्काउन सफल भएको थियो ।
नेपालले एसियाली खेलकुदमा ह्याण्डबल तर्फ पहिलो पटक डेब्यु गरेको हो ।
नेपाली टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् ।
त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।
ग्रुप बिमा रहेको नेपालले अब पहिलो चरणमा जापान, हङकङ र भारत सङ खेल्नेछ ।
