
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ ।
एन्फाले आगामी अक्टोबर अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुने एएफसी फुटसल एसियन कप क्वालिफायर्सका लागि टोलीको घोषणा गरेको हो । फुटसलका मुख्य प्रशिक्षक गौरब बस्नेतले सोमबार १४ सदस्यीय टोलीको घोषणा गरे । एन्फाका अनुसार फुटसल टिमका लागि गरिएको खुल्ला छनोटबाट सुरुमा ७४ खेलाडी छनोट गरि विभिन्न चरणमा अन्तिम टोली घोषणा गरिएको जनाएको छ ।
गत वर्ष कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा सहभागि रहेका ५ खेलाडीलाई समेत टिममा समावेश गरिएको छ । जसमा मणिकुमार लामा, सुमित श्रेष्ठ, आदिल हमिद, विजय श्रेष्ठ, सरोज तामाङ रहेको एन्फा फुटसल प्रमुख बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
नेपाली टिममा छनोट भएका खेलाडीमा गोलकिपरमा आशिष डंगोल र सागर गुरुङ, फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ र सान्जे स्याङ्गतान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी र दिपेश घले तथा पिभोटमा सुजित बुढाथोकी र मणी कुमार लामा रहेका छन् ।
तस्विरः एन्फा
