
पोखरा स्पोर्टस । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी एवं ग्रान्ड मास्टर तुलसी कुमार गुरुङलाई मातृशोक परेको छ ।
गुरुङकी आमा काली गुरुङको ९१ वर्षको उमेरमा पोखरा १२ लालिगुरास टोलस्थित आफ्नै निवासमा निधन भएको हो ।
केही महिना यता अस्वस्थ रहनु भएको उहाँ आइतबार साँझ ५ः१५ निधन भएको परिवारका निकट सुनिल गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
मादी गाउँपलिका कास्की स्थायी घर भएकी उहाँको ४ छोरा र ३ छोरी रहेका छन् ।
आफ्नी आमाको अन्तिम संस्कारका लागि ग्रान्ड मास्टर गुरुङ हङकङबाट काठमाण्डौ हुँदै आजै पोखरा आउने कार्यक्रम तय भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहनुभएका ग्रान्ड मास्टर गुरुङको आमाको निधनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
