क्षेत्रिय खेलकुदद्वारा भलिबल प्रशिक्षक कौशिलाको बिदाई

पोखरा स्पोर्टस । पश्चिमाञ्चाल क्षेत्रिय खेलकुद विकास समिति पोखराले एक कार्यक्रमका विच सेवा निर्वित भलिबलकी नायब वरिष्ठ प्रशिक्षक कौशिला खत्रीलाई बिदाई गरेको छ ।

क्षेत्रिय खेलकुद कर्मचारी संघले एक कार्यक्रमको आयोजना गरी वरिष्ठ प्रशिक्षक खत्रीको बिदाई गरेको हो । उनको उमेर हदका कारण गत जेठ २०८० मा सेवा निर्वित भएकी थिइन । २०४७ साल देखि राष्ट्रिय खेलकुद प्ररिषद (राखेप)मा भलिबल प्रशिक्षकको रुपमा कार्यरत कौशिलाले जागिरे जिवनको पछिल्लो १८ वर्ष जिल्ला खेलकुद विकास समिति कास्की र क्षेत्रिय खेलकुदमा रहेर यस क्षेत्रको भलिबल खेलाडी उत्पादन तथा विकासमा निरन्तर कार्यरत रहेकी थिइन् ।

क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा समितिका निर्देशक कृष्ण तिमिल्सिना, उपनिर्देशक बलराम लामा, लेखा प्रमुख डिवी नेपाली लगायतले कौशिलाले खेलकुद क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै सेवा निर्वित भए पनि आफ्नो शिप समाज र खेलकुद विकासका लागि अघि बढाउन आग्रह गरेका थिए ।

सो अवसरमा बोल्दै प्रशिक्षक कौशिलाले खेलकुद क्षेत्रमा करिव ४५ वर्ष विताएकोले पनि आगामी दिन समेत भलिबल खेलको विकासका लागि आफू अघि बढ्ने बताइन् । उनले आफ्नो जागिरे जिवनमा सहयोग गर्नेहरु प्रति समेत आभार व्यक्त गरिन् ।

कौशिला नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको समेत भूमिका खेलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close