
पोखरा स्पोर्टस । कास्कीको अन्न्पूर्ण गाउँपािलकामा पालिका स्तरिय बास्केटबल संघ गठन भएको छ ।
गाऊंपालिका अध्यक्ष बिष्णु बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो । भेलाले कास्की घान्द्रुकका कृपाश्वर गुरुङलाई नेपाल बास्केटवल संघ अन्नपुर्ण गाउंपालिका समितीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरि उपाध्यक्षमा( राजेश तुलाचन, सचिव जयन्ती गुरुङ, सह–सचिवमा बिश्वास गुरुङ, कोषाध्यक्षमा दिपिका गुरुङ सर्वसम्मत चयन भएको कास्की बास्केटबल संघका सदस्य विष्णु गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
त्यसैगरि सदस्यहरुमा अतिश मल्ल, सुवास गुरुङ, प्रदिप गुरुङ, सुरेन्द्र पुन गरबुजा, सुरेश गुरुङ र रामकाजी गुरुङ चयन भएका छन् ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका गण्डकीका उपाध्यक्ष एवं बास्केटवल संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङले खेलकुदको माध्यम बाट स्थानिय मात्र नभई राष्ट्रिय स्तरमा समेत अगाडी बढ्नुपर्ने बताए । अन्नपूर्ण बास्केटबल खेलमा आफ्नो पहिचान स्थापित गरिसकेको बताउँदै पालिकास्तरबाट उत्पादन हुने खेलाडी नै भावी राष्ट्रिय खेलाडीको रुपमा स्थापित हुने बताए ।
कार्यक्रममा गाउंपालिका अध्यक्ष बिष्णु बहादुर के.सीले अन्नपुर्णमा बास्केटवल खेलको प्रवर्द्दन गर्न गाउंपालिकाले कुनै कसर बांकी नराख्ने बताए ।
नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङको उपस्थितीमा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष कृपाश्वर गुरुङले पालिका भित्र बास्केटवलको स्तरलाई माथी उठाउन आफ्नो समिती कृयाशिल रहने प्रतिबद्दता जनाए ।
