परिषद द्वारा आइटिएफ तेक्वान्दो खेलाडी सुष्मितालाई बिदाई

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले आइटिएफ तेक्वान्दो खेलाडी सुष्मिता थापा मगरलाई एक कार्यक्रमका विच बिदाई गरेको छ ।

काजाकास्तानको अस्थानामा यहि अगस्ट १९ देखि २७ तारिख सम्म आयोजना हुने वर्ल्ड आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उनी सहभागि हुन लागेकी हुन् ।

व्यक्तिगत खर्चमा अन्तर्राष्ट्रिय सहभागिता

कुनै पनि खेलाडीका लागि अन्तर्राष्ट्रिय सहभागिता सपना हुन्छ । तर व्यक्तिगत खर्चमा विदेश भ्रमण राष्ट्रिय झण्डा लिएर सहभागिता जनाउनु नेपाली खेलाडीको नियती नै बनेको छ । वर्ल्ड च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाउन लागेकी सुस्मिता व्यक्तिगत खर्चमा काजाकास्तान जान लागेकी हुन् । किसान परिवारकी सुस्मिताको त्यो यात्रा सफल बनाउन पोखराका केही खेलाडी यूवाहरु अघि सरेका छन् । उनलाई सामुहिक रुपमा २ सय डलर सहयोग गरे । सहयोग गर्नेहरुमा सम्राट सुनार, रोशनी गौचन, सन्तोष गुरुङ, सेलिना पुन र खगेन्द्र क्षेत्रीले सहयोग गरेका हुन् ।

आफ्नो यात्रा संगै आफ्नै खर्चमा विदेश यात्रामा जान लागेकी सुस्मिता खर्चका बारे समेत अनभिज्ञ छिन् । अन्तर्राष्ट्रिय सहभागिताका लागि तयारी समेत गरकी उनले भनिन–“हेरौं के हुन्छ । खर्च ठूलो छ । बुवा किसान परिवारको भएकोले पनि उहाँलाई ठूलो बोझ पक्कै छ ।” उनी मंगलबार काठमाण्डौ प्रस्थान गर्नेछिन् ।

बागलुङ बडिगाउँकी सुष्मिताले वर्ल्ड च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाउन लागेको पोखरा स्पोर्टस । पोखराकै एक विश्वविद्यालयमा स्पोर्टस् म्यानेजमेन्ट डिप्लोमा तहमा अध्ययनरत उनले ५२ केजी तौलतर्फ प्रतिस्पर्धा गर्ने छिन् । सुस्मिताले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ स्वर्ण र २ रजत तथा नवौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण र १ रजत पदक जितेकी छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले सुस्मितालाई बिदाई गर्दै अन्तर्राष्ट्रिय ऐरिनामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । उनले भने–“तपाई पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागिताका लागि जाँदै हुनुहुन्छ । म यहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु । यहाँले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि आग्रह गर्छु ।” कुनै पनि खेलाडीका लागि अन्तर्राष्ट्रिय सहभागिता सिक्नका लागि मौका समेत हुने भएकोले त्यसको भरपुर उपयोग गर्नुपर्ने उनको भनाई थियो ।

उनलाई प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, आइटिएफ तेक्वान्दो गण्डकीका उपाध्यक्ष सुरज सुनार, व्याडमिन्टन संघ कास्कीका अध्यक्ष सुशिल श्रेष्ठ, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाल लगायतले बिदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close