खोटाङ विरुद्ध गण्डकी प्रदेशको सहज जित, सेमीफाइनल यात्रा पक्का

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी किङ्स कप पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिमले सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

जारी प्रतियोगितामा समुह विजेता बन्दै गण्डकीले सेमीफाइनलको यात्रा सहज रुपमा तय गरेको हो । बिहिबारको खेलमा खोटाङ राष्ट्रिय यूवा संघलाई सोझो ३–० सेटमा पराजित गर्दै सेमीफाइनलमा पुगेको हो ।

एक पक्षिय खेलमा पहिलो सेट २५–१७ दोश्रो सेट २५– १५ र तेश्रो सेट २५–१४ ले जित्दै गण्डकी प्रदेश सेमीफाइनलमा स्थान बनाएको हो । यता खोटाङ पराजय सगै प्रतियोगिताबाट बाहिरिएको छ ।

टिमको हौसलाका लागि गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ सहितको टिम यति बेला काठमाण्डौमा रहेको छ । लगातार तिन खेल जितेको गण्डकीको टिमको हौसला बढाउन आफू सहित भलिबल संघका पदाधिकारीहरु यति बेला काठमाण्डौमा रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।

किङ्स क्लव काठमाण्डौको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता २७ गते सम्म सञ्चालन हुनेछ । गत वर्ष सम्पन्न पहिलो सस्करणमा गण्डकी एपिएफ संग पराजित हुँदै उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close