
पोखरा स्पोर्टस । पोखरा म्याराथनलाई सहयोग गर्ने वडा नं १७ का विभिन्न संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं पोखरा म्याराथनमा मञ्चको आह्वानमा सहयोग गर्ने संस्थाहरुलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरेको हो । फागुन महिनाको पहिलो साताको पहिलो शनिबार आयोजना हुने पोखरा म्याराथनलाई पोखरामा छरिएर रहेका विभिन्न सघ संस्थाहरुले स्वत्तस्फूर्त रुपमा सहयोग गर्ने गरेका छन् ।
पोखरा महानगर पालिका वडा नं १७ को कार्यालय सहित विभिन्न आमा समुह र अन्य संघ संस्था र क्लवहरुलाई प्रशंसापत्र वितरण गर्दै १८ औं सस्करणको पोखरा म्याराथनको सूचना प्रवाह गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
अध्यक्ष पराजुलीसहित मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले पोखरा महानगर पालिका १७ का संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशंसापत्र वितरण गर्दै १८ औं संस्करणको तयारीमा जुट्न र विगतमा झै टोल–टोलबाट सहयोगका लागि आह्वान समेत गरे ।
मञ्चले पोखरा म्याराथनको रुटमा सहयोग गर्ने अन्य वडाका संघ संस्थाहरुलाई यसरी नै प्रशंसापत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
