गण्डकी प्रदेश सेपाक्ताक्रो संघ तदर्थ समितिको अध्यक्षमा श्रेष्ठ

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न एक भेलाले श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा गण्डकी प्रदेश सेपाक्ताक्रो संघ तदर्थ समिति गठन गरेको छ ।

प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार चार महिना भित्र अधिवेशन गरी संघलाई पूर्णता दिन श्रेष्ठको अध्यक्षतमा ११ सदस्यिय तदर्थ समितिको गठन गरेको हो । संघको उपाध्यक्षमा ढाकाराम भट्टराई (नवलपुर), सचिवमा लाल बहादुर गुरुङ (स्याङ्जा) र कोषाध्यक्षमा शर्मिला थापा (कास्की) रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा दिवाकर थापा (स्याङ्जा), कर्ण बहादुर थापा (तनहुँ), सन्दिप श्रेष्ठ (पर्वत), दिल कुमारी गुरुङ (कास्की), मोहन गुरुङ (कास्की), कुल बहादुर श्रेष्ठ (कास्की) र कमला के.सी. (बाग्लुङ) रहेका छन् ।

यसै गरी सो भेलाले गण्डकी प्रदेश अन्तर्गत रहेका सेपाकताक्रो खेलको तालिम प्राप्त रेफ्री तथा प्रशिक्षकहरु प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशमा यहि २०८० साल साउन महिनाको मसान्त भित्र सम्म सुचिकृत गर्न आह्वान समेत गरेको छ ।

यस अघि नेपाल सेपाक्ताक्रो संघका केन्द्रिय सदस्य तथा सिनियर प्रशिक्षक याम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले प्रदेशको सेपाक्ताक्रो खेलको विकासका लागि संघले आगामी दिनमा नयाँ योजनाका साथ अघि बढ्न र विशेष गरी उमेर समुहका खेलाडीहरु उत्पादन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close