राष्ट्रिय किक बक्सिङको तयारी सुरु

पोखरा स्पोर्टस । ललितपुर जिल्ला किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता भदौ २१ गतेदेखि हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा पुरुष/महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने भएको हो ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाईं, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो र सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका परिकल्पनाकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

प्रतियोगितामा हरेक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले ८/८ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पार्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ लाख २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिकामा खेलकुदलाई चलायमान बनाउन नगरपालिका कृयाशिल रहेको बताउदै खेलकुदलाई माया गर्नेसंग सहकार्य गरी अगाडि बढ्न नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

तीनदिने प्रतियोगिताका खेलहरु गोदावरी नगरपालिका वडा ११ प्याङगाउँस्थित मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close