
पोखरा स्पोर्टस । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबार सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्यले जित हात पार्दै दोस्रो चरणमा पुगेका हुन् । रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढ्दा अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह (११–५, ११–५, ११–६) र रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटर फाइनलको यात्रा तय गरे ।
प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराए । राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पारे ।
राजेन्द्रले भने वाकओभर प्राप्त गरे । आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुगे । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।
यस्तै मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के.सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आआप्mनो खेल जितेर पहिलो चरण पार गरे । सुरशेले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले पाखा लगाए ।
यता अजय केशरले महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गरे । यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०-१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाए ।
