
पोखरा स्पोर्टस । गण्डकी प्रदेश खो खो संघको तदर्थ समितिको अध्यक्षमा चित्र बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा आइतबार सम्पन्न भेलाले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । नवलपुर, गोरखा, लमजुङ, तनहुँ र कास्की गरी ५ जिल्लाका प्रतिनिधिहरुको भेलाले अध्यक्ष थापा सहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
सम्पन्न भेलाले उपाध्यक्ष द्वयमा केशवराज रेग्मी (गोरखा), अंग्रेजी श्रेष्ठ (तनहुँ), सचिवमा विशाल गुरुङ (कास्की) निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा महिमा थनेत (नवलपुर), चित्रा कुमारी सापकोटा (नवलपुर), सुरज मोहन पोखरेल (कास्की), राज कुमार श्रेष्ठ (गोरखा) र चक्र बहादुर कुवंर (तनहुँ) रहेका छन् ।
तदर्थ समितिले आगामी ४ महिना भित्र अधिवेशन गरी पूर्णता दिनु पर्ने छ ।
निर्वाचित कार्यसमितिलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सदस्य केशव पाठक, संघका केन्द्रिय प्रतिनिधि एवं वरिष्ठ प्रशिक्षक लक्ष्मी नारायण वैद्यले शुभकामना दिएका थिए ।
कार्यक्रम तदर्थ समितिका संयोजक चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो ।
