
पोखरा स्पोर्टस । यू–१९ फुटबलका लागि गण्डकी प्रदेशबाट १०५ जनालाई छनौट गरिएको छ ।

गण्डकी प्रदेश फुटबल संघले शुक्रबार र शनिबार सञ्चालन गरेको छनोट कार्यक्रमबाट ति खेलाडीहरु छनौट गरिएको संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका हुन् ।
छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय २७२ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
छनोटमा कास्कीबाट ६४, मनाङबाट ८, नवलपुरबाट ४१, बागलुङबाट २७, लमजुङबाट १०, तनहुँबाट २८, स्याङजाबाट २७, गोरखाबाट ५१, पर्वतबाट ६ र म्याग्दीबाट १० जनाको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका बरिष्ठ उपाध्यक्ष मिलन गुरुङले बताए ।
नेपालको अन्तिम छनौट भने आगामी अगष्ट ११ देखि १५ तारिख सम्म काठमाण्डौमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
छनौट भएका खेलाडीहरु नेपालमा यहि वर्षको सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एफसी च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
