बगर भाइ खलकले तिन छुट्टा–छुट्टै भेट्रान उमेर समुहमा प्रतियोगिता गर्ने

पोखरा स्पोर्टस । बगर भाइ खलक पोखराले तिन छुट्टा–छुट्टै भेट्रान उमेर समुहमा फुटबल प्रतियोगिता गर्ने भएको छ ।

भाइ खलकको सम्पन्न बैठकले १३ औं संस्करणबाट तिन छुट्टा–छुट्टै भेट्रान उमेर समुहमा फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । यस अघि ४० वर्ष भन्दा माथी भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको भाइ खलकले १३ औं संस्करणबाट ५० र ६० वर्ष भन्दा माथी समेत् थप गरी तिन छुट्टा–छुट्टै भेट्रान उमेर समुहमा फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।

बैठकका निर्णय बारे जानकारी दिंदै अध्यक्ष गुरुङले संस्थाको १३ औं वार्षिकोत्व मनाउन उपाध्यक्ष इश्वर गुरुङको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गर्ने निर्णय गरेको छ । यहि साउन २५ गते गरिने वार्षिकोत्सव कार्यक्रमको उपसमितिको सदस्यमा रमेश कुमार श्रेष्ठ, धन कुमार गुरुङ, इश्वर गुरुङ (चन्द्र) र विजया गुरुङ रहेका छन् । सो कार्यक्रम अन्तर्गत ग्रासरुट प्रशिक्षणमा रहेका छात्र–छात्राहरुका विच फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी संस्थाले आगामी भदौ ३० गते छैटौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ भने प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर्राष्ट्रिय खेल आयोजक संस्थाहरुलाई सुचिकृत गर्न आह्वान गरे बमोजिम संस्थाको आयोजनामा हुँदै आएको प्रतियोगितालाई समेत सुचिकृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close