कास्की खो खो संघको अध्यक्षमा कुंवर सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । कास्की जिल्ला खो खो संघको अध्यक्ष विशाल जङ्ग कुंवर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न संघको दोश्रो अघिबेशनले कुंवर सहित ११ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा लक्ष्मण कार्की, द्वितिय उपाध्यक्षमा ममता छन्त्याल, सचिवमा सुरज मोहन पोखरेल र सहसचिवमा राम बहादुर क्षेत्री निर्वाचित भएको संघले जनाएको छ ।

यसै गरी संघको कार्यसमिति सदस्यमा दिपक नेपाली, दिवाकर पौडेल, चन्द्र आले, अर्जुन पौडेल र मित्र बन्धु सुवेदी रहेका छन् । निर्वाचित सबैको कार्यकाल आगामी ४ वर्षका लागि हुनेछ ।

यस अघि दोश्रो अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुदलाई संघिय संरचनामा बलियो गरी स्थापित गर्न यस प्रकारका कृयाकलाप महत्वपूर्ण हुने बताए ।

कास्की खो खोका निवर्तमान अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामा, हक्की संघका अध्यक्ष मिलन केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close