यू–१६ फुटबल दोश्रो चरणको छनोटमा कास्की सून्य

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित केन्द्रिय यू–१६ फुटबल छनोट अन्तर्गत कास्कीका सून्य भएको छ ।

एन्फाले शुक्रबार प्रकाशित गरेको दोश्रो सूचीमा कास्की सून्य भएको हो । समग्र गण्डकी प्रदेशबाट कुल ४ जना खेलाडी दोश्रो चरणको छनोटमा परेका छन् । छनोटमा परेका मध्ये नवलपुरबाट २, स्याङजा र तनहुँ बाट १–१ जना छन् । छनोटमा परेका खेलाडीमा नवलपुरका सुजन मल्ल र सुन्दर पुलामी, तनहुँका समिर तामाङ र स्याङजाका विरेन्द्र मल्ल छन् ।

फुटबलको हवको रुपमा मानिंदै आएको कास्की पछिल्लो समय नेतृत्व विवादमा डुव्दा खेलाडी उत्पादन समेत सुन्य बन्दै गएको छ । कास्कीमा विभिन्न क्लवहरुले खेलाडी उत्पादनका लागि एकेडेमीहरु सञ्चालन गरे पनि ति एकेडेमीबाट राष्ट्रियस्तरका खेलाडीको उत्पादन पनि सुन्य प्राय छ ।

पोखरामा हालै भएको यु–१६ छनोटमा कास्की फुटबल संघ र प्रदेश फुटबल संघका पदाधिकारी एक आपसमा विवाद हुँदा समेत पहिलो दिन कास्कीले आफ्ना खेलाडी छनोटमा नै पठाएको थिएन । सो विवाद प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिको रोहवरमा मिलाइएको थियो ।

अर्कोतर्फ प्रदेश र जिल्लाबाट छनोट भएर गएका खेलाडीहरुले छनोटको अन्तिम समय सम्म निजि खर्चमा नै काठमाण्डौ बस्नुपर्ने वाध्यात्मक अवस्थाका कारणले पनि धेरै खेलाडीहरु विचमा नै छनोट कार्यक्रम छोडेर घर फर्किएको गुनासो समेत खेलाडीहरुले गरेको कास्की फुटबलका पूर्व एक पदाधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close