किङ्स कप पुरुष भलिबलका लागि गण्डकीको टोलीको घोषणा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले किङ्स कप भलिबल प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।

उक्त प्रतियोगिताका लागि गण्डकी प्रदेश भलिबल संघले खुम प्रसाद पाण्डे (हरि)को कप्तानीमा १२ सदस्यिय टोलीको घोषणा गरेको हो । टोलीमा नवलपुरबाट र बागलुङबाट ४–४, तनहुँ, कास्की, स्याङजा र म्याग्दीबाट १–१ जना खेलाडी समावेश छन् ।

टोलीमा धन बहादुर चौधरी (नवलपुर), किरण गुरौ (नवलपुर), सन्तोष राना (नवलपुर), हिमाल सुनारी मगर (नवलपुर), रवि केसी (बागलुङ), इन्द्र बहादुर विक (बागलुङ), कुन्जन शाही ठकुरी (लिवेरो) (बागलुङ), जिवन सुनार (बागलुङ), विवश आले मगर (तनहुँ), सुजन चोखाल (म्याग्दी) र विजय परियार (कास्की) रहेका छन् ।

टोलीको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जिवन भण्डारी र व्यवस्थापकमा जिवन रायमाझी रहेका छन् ।

किङ्स क्लव काठमाण्डौको आयोजनामा उक्त प्रतियोगिता यहि साउन २२ देखि २७ गते सम्म सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close