पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय मान्यता पाएकी तेक्वान्दो रेफ्रि रमिला टि.खत्रीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले एक कार्यक्रम गरी पोखरामा बधाई दिएको छ । पोखरा रुपा गाउँपालिका वडा नं ५ देउरालीकी रमिला कास्कीबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्रि हुन सफल मध्येकी एक हुन् । उनलाई रुपा गाउँपालिकाले समेत सम्मान गरिसकेको छ ।
को हुन रमिला
रमिला कास्की देउरालीकी हुन् । सानो उमेरबाटै तेक्वान्दोमा छिरेकी उनी काठमाण्डौ उनको कर्म थलो हो । ९ कक्षा पढ्दा नै व्ल्याक बेल्ट पाउन सफल उनले विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा रेफ्रिको भूमिकामा रहेर आफ्नो जिम्मेवारी कुशल रुपमा निर्वाह गरी सकेकी छन् भने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक हात पारेकी छन् । सेल्फ डिफेन्सकी समेत कुशल प्रशिक्षक रहेकी रमिला कास्कीमा नै आएर तेक्वान्दो अभियानलाई अघि बढाउने सोच समेत बनाएकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रिको भूमिकामा उनको नाम अग्रपंक्तिमा आउने गर्छ ।
आफ्नो पारिवारिक कामले पोखरा आएकी रमिलालाई पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच एकेडेमीका गण्डकी प्रदेश सहइन्चार्ज कृष्ण तिमिल्सिना, एकेडेमीका केन्द्रिय सदस्य तिलक बहादुर अधिकारी, केन्द्रिय सदस्य शान्तबहादुर बस्नेत, कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, एकेडेमीका सचिव दिपक आचार्य, कोषाध्यक्ष विजय भुजेल लगायतले उनलाई स्वागत संगै सम्मान गरेका थिए ।
सो अवसरमा इन्चार्ज तिमिल्सिनाले रमिलाको खेल जिवनको उच्च प्रशंसा गर्दै कास्कीबाट एक चेलीले अन्तर्राष्ट्रियस्तरको रेफ्रिको मान्यता पाउनु गौरवको विषय रहेको बताए । उनले भने–“रमिलाको खेल जिवनबाट सबैले सिक्ने अवसर प्राप्त हुनेछ । म उनको आगामी खेल जिवनको पूर्ण सफलताको कामना सहित हार्दिक बधाई दिन चाहन्छु ।”
यसै गरी एकेडेमी कास्कीका अध्यक्ष अधिकारीले तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल रमिलालाई बधाई दिंदै निकै चुनौतीका विच कास्कीले अन्तर्राष्ट्रिय रेफ्रि पाउनु आफैमा गौरवको विषय रहेको बताए ।