गण्डकी प्रदेशस्तरिय यू–१९ फुटबल छनोट सुरु

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१९ फुटबल छनोट प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा उक्त छनोट प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालामा दुई दिन सम्म सञ्चालन हुने छनोट कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका छन् ।

/https://fb.watch/mciI8LR4MR/

सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले छनोटमा सहभागि हुनु आफैमा गौरवको कुरा रहेको भन्दै छनोटका लागि आउने सबै खेलाडीहरु गण्डकी प्रदेशकै खेलाडीको रुपमा भविष्यमा स्थापित हुने बताए । उनले भने–“म यहाँहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँको खेल जिवनबाट नै गण्डकी प्रदेशको खेलको भविष्य जोडिएको छ ।”

उमेर समुहको हकमा एन्फाले लामो समय देखि कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै सदस्य सचिव शर्माले प्रदेश खेलकुद परिषदले समेत सोही प्रकारले उमेर समुहका कार्यक्रमहरुलाई अघि बढाउने गरी आफ्ना गतिविधिहरु अगाडी बढाउने उल्लेख गरे ।

छनोट प्रतियोगितामा कास्कीबाट ६४, मनाङबाट ८, नवलपुरबाट ४१, बागलुङबाट २७, लमजुङबाट १०, तनहुँबाट २८, स्याङजाबाट २७, गोरखाबाट ५१, पर्वतबाट ६ र म्याग्दीबाट १० गरी कुल २७२ जनाको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको संयोजकत्व र उपाध्यक्ष जगत थापाको उप–संयोजकत्वमा सुरु भएको छनोट कार्यक्रम हेड कोच किरण श्रेष्ठको अनुगमनमा हुनेछ । त्यसै गरी अन्य प्रशिक्षकहरुमा शम्भु केसी, सुविन श्रेष्ठ, ओम गुरुङ, प्रल्हाद हिराचन, सुनिल राना, वेद थापा, नरेश खत्री, विकास गुरुङ, सन्तोष केसी, योगेन्द्र थकाली र अमन गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close