एनओसीका उपाध्यक्ष गुरुङले दिए महिला ह्याण्डबल टोलीलाई खेल पोशाक

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई खेल पोशाक प्रदान गरेका छन् ।

१९ औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेको टोलीलाई सोमबार भेट गरी गुरुङले खेल पोशाक हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै गुरुङले सकारात्मक सोचका साथ मैदान उत्रिन खेलाडीलाई आग्रह गरेका छन् । उनले भने–“यहाँहरुले पाएको यो ठूलो अवसर हो । नेपालको झण्डा लिएर एसियन खेलमा सहभागिता गर्न पाउनु अर्को गौरवको कुरा हो । मैले खेलेर के पाए भनेर सामाजिक सञ्जालमा तितो पोख्न सहज छ । तर आफूले पाएको यो अवसरलाई उपलव्धिमा हासिल गरी खेल जिवनलाई सार्थक बनाउनु सबैको दायित्व हो ।”

खेल मैदानमा जित र हार स्वाभाविक हुने भएको खेलकर्मीले बुझ्न आवश्यक रहेको बताउँदै गुरुङले जिवनमा आउने उतार चढावहरु संग सामना गर्न पनि यहि जित र हारबाट सिक्नु पर्ने कुरा औंल्याए । प्रतिस्पर्धाको विषय अरु संग नभई आफू संग मात्र हुने भएकोले आफूले प्राप्त गरेका उपलव्धिलाई सहकार्य गर्दै अघि बढ्न उनले आग्रह गरे । उनले प्रशिक्षणको दौरान कुनै समस्या भए त्यसको समाधान गर्न आफू तयार रहेको उल्लेख गरे ।

चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाडको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् ।

त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close