कास्की जिल्लास्तरिय छैटौं जुनियर रनिङ शिल्ड तेक्वान्दो सुरु

पोखरा स्पोर्टस । ‘कास्की जिल्लास्तरिय छैटौं जुनियर रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता’ शुक्रबारबाट पोखरा रंगशालामा सुरु भएको छ ।

उक्त प्रतियोगिता कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । उनले सो अवसरमा राष्ट्रिय गरिमाका लागि खेलाडीको योगदान महत्वपूर्ण हुने चर्चा गर्दै खेलाडीहरुलाई अनुशासन पूर्वक प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेलले अनुशासन विनाको खेलको कल्पना समेत गर्न नसकिने बताए । खेलमा सहभागिता केवल पदक हासिल गर्नका लागि मात्रै नभई स्वास्थ्यका लागि समेत उत्तिकै महत्वपूर्ण हुने बताउँदै उनले खेलाडीले आफ्नो खेल जिवन सफल बनाउन अनुशासनलाई अग्रपंक्तिमा राख्नुपर्ने बताए ।

कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिपेन्द्र पाहारी, प्रतियोगिताका संयोजक त्रिभुवन बानियाँले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसी, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतको सहभागिता थियो ।

कोभिड लगायत आर्थिक अभावका कारण ६ वर्ष रोकिएर पुनः सञ्चालनमा आएको उक्त जुनियर रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता २०६९ साल देखि सुरु भएको हो । प्रतियोगितामा कास्कीका ३३ डोजाङ तथा स्कुलका २२८ जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ १७ देखि ४९ केजी तौल सम्म प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close