चुनावमा होमिए पश्चिमाञ्ल क्षेत्रीय भलिबलका संस्थापक अध्यक्ष गुरुङ

पोखरा स्पोर्टस । तत्कालिन पश्चिमाञ्ल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ (श्रीभक्त गुरुङ) चुनावी मैदानमा होमिएका छन् ।

गैर आवाशिय नेपाली संघ एन.आर.एन.ए आइसिसी (अन्तर्राष्ट्रिय समन्वय परिषद) जापानको सदस्य पदमा उम्मेदवारी दिए संगै उनी चुनावी मैदानमा होमिएका हुन् । गुरुङले आगामी २०२३–२०२५ का लागि उम्मेदवारी दिएका हुन् ।

“खेलकुद,समाज र मुलुकको विकासमा एक ईट्टा थप्ने आफ्नो प्रतिबद्धता” भन्ने नारासहित उनले आफ्नो उम्मेदवारी दर्ता गराएको पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । लामो समय देखि खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल गुरुङले आफ्नो उम्मेदवारी उम्मेदवारीका लागि मात्रै नभएर समग्र नेपालीहरुको हितका लागि भएको उल्लेख गरे । उनले भने–“मैले त्यसै उम्मेदवारी दिएको होइन । धेरैको सल्लाह, सुझाव र कृयाशिलताका आधारमा उम्मेदवारी दर्ता गराएको हो” उनले भने–“जापानमा रहेका धेरै खेलप्रेमीहरुले समेत मलाई उम्मेदवारीको यात्रामा सहयोग गर्नु भएको छ । यसबाट मेरो जित निश्चित छ ।”

तमु धीं जापानका पूर्व अध्यक्ष तथा नेफिन जापानका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ पोखरा १ निवासी समेत हुन् । जापानलाई लामो समय कर्म क्षेत्रको रुपमा अघि सारेका गुरुङले तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको संस्थापक अध्यक्ष समेत हुँदा टिमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस अघि एनआरएनएको खेल विज्ञको रुपमा समेत रहेका उनी “एक्स बगर यूथ क्लब’’का संस्थापक अध्यक्ष समेत् हुन् । 

खेलकुद र सामाजिक क्षेत्रलाई राजनितिबाट टाढा राख्नु पर्ने आवाजलाई समाजिक सञ्जालबाट बुलन्द गर्ने संगै गलत कुरालाई तिखो ढङ्गले टिप्पणी गर्ने गुरुङको उम्मेदवारीले गैर आवाशिय नेपाली संघ जापानमा पुनः एक पटक हलचल उत्पन्न गरेको छ । “नेपाल र नेपालीहरु प्रतिको मेरो कर्तब्यलाई संधै अगिंकार गर्दै मेरो जिवन अघि बढाएको विषय खुल्ला कितावको पाना जस्तै छ” उनले भने–“मेरो उम्मेदवारी हाल सम्म मैले गरेका कुराहरुलाई संस्थागत गर्ने संगै आगामी दिनमा नेपालीहरुको अधिकारलाई स्थापित गर्नु नै हो ।” 

एनआरएनए जापानमा यहि ३० तारिख निर्वाचन हुने तय भइसकेको छ । सो निर्वाचनमा ७ हजार भन्दा बढिले मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close