
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले मंगलबार (भोली) खेलकुद संघहरु संग अन्तक्रिया गर्ने भएको छ ।
परिषदले खेलकुद विकासका लागि आगामी योजना र परिषद द्वारा विभिन्न मितिमा जारी सूचनाहरुको कार्यान्वयनका लागि खेल संघहरु संग अन्तक्रिया गर्ने भएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माले अन्तक्रियाका लागि सबै खेल संघहरुलाई बोलाएको जानकारी दिएका हुन् ।
खेलकुदको संस्थागत विकासका लागि आगामी दिनका योजनाहरु संगै खेलकुदलाई मर्यादित र व्यवस्थित बनाउन अन्तक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै सदस्य सचिव शर्माले बताए । “हालै हामीले नयाँ बजेट पाएका छौं । रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकृतका लागि आह्वान समेत गरेका छौं । यि सबै कुराहरुलाई समेट्दै खेल संघहरुलाई अझै व्यवस्थित र मर्यादत बनाउने सन्दर्भमा अन्तक्रियालाई जोड्ने छौं”–उनले भने ।
प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार अझै पनि धेरै खेल संघहरुका प्रदेश संघहरु गठन नभएको सन्दर्भ संगै प्रदेश भित्रहरु हुने खेल गतिविधिमा खेलकुद संघहरुलाई जिम्मेवार बनाएर अघि बढ्ने विषयमा समेत छलफल हुने सदस्य सचिव शर्माले जानकारी दिए ।

Well done