पौडीका नासिरले बनाए जापानमा नयाँ किर्तिमान

पोखरा स्पोर्टस । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

सो कुरा जापानको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका हुन् । नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरे ।

यस अघि नासिरको नाममा ४ मिनट १२्.१७ सेकेन्ड समयको किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अव भोली (सोमबार) नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close